१० श्रावण २०८१, बिहीबार

काँग्रेस कञ्चनपुरद्वारा उम्मेदवारको सिफारिस



कञ्चनपुर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरले शुक्रबार उम्मेदवारहरूको नामावली केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति हरिप्रसाद बोहराका अनुसार तीन संसदीय निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिकतर्फ गरी दुई सय आठ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट दिवानसिंह विष्ट, चन्द्रबहादुुर सिंह र गोपालसिंह गुरुङको नाम सिफारिस गरिएको छ । सो क्षेत्रबाट समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस गरिएको काँग्रेस कञ्चनपुरले जनाएको छ ।
त्यस्तै, क्षेत्र नम्बर १ मा प्रदेशसभा सदस्य निर्वाचनका लागि क क्षेत्रबाट प्रत्यक्षतर्फ १७ जना र समानुपातिकतर्फ १५ जनाको नाम सिफारिस गरिएको छ । त्यस्तै, ख क्षेत्रबाट प्रत्यक्षतर्फ आठजना र समानुपातिकतर्फ १० जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नारायणप्रकाश (एनपी) सावद, बहादुरसिंह थापा, हरिप्रसाद बोहरा र भवानीदत्त भट्टको नाम सिफारिस गरिएको छ । सो क्षेत्रबाट समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ रमेश लेखक, बहादुरसिंह थापा र प्रेमकुमार बिष्टको नाम सिफारिस गरिएको छ । सो क्षेत्रबाट प्रतिनिधि सभामा समानुपातिकतर्फ चार जना उम्मेदवार सिफारिस गरिएको काँग्रेस कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार