१० श्रावण २०८१, बिहीबार

अछाममा एमालेद्वारा समानुपातिकतर्फ उम्मेदवार छनौट



अछाम । नेकपा (एमाले) अछामले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम छनौट गरेको छ । बिहीबार बसेको जिल्ला कमिटीको बैठकले प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम छनोट गरी प्रदेश संगठन कमिटीलाई जिम्मा दिने जनाएको छ ।
एमालेले अछाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ केन्द्रीय उपाध्यक्ष भीम रावललाई सर्वसम्मत सिफारिस गरेको छ भने समानुपातिक तर्फ जिल्ला सचिवालय सदस्य कृष्णबहादुर शाह, जंग विक र एमाले प्रदेश सदस्य मीना साउँदको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
अछाम क्षेत्र नम्बर २ मा यज्ञ बोगटी, शिवप्रसाद उपाध्याय र तारा कडायत गरी तीन जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ भने सचिवालय सदस्य चन्द बोहरा, दुर्गा विक र सांसद भरत साउँदको नाम समानुपातिकतर्फ सिफारिस गरेको छ ।
यस्तै, प्रदेश निर्वाचन क्षेत्रतर्फ साँफे नगरपालिका र चौरपाटी गाउँपालिका समेटिएको प्रदेश निर्वाचन क्षेत्रवाट प्रत्यक्षतर्फ गोबिन्द कुँवरको नाम सर्वसम्मत सिफारिस भएको छ भने समानुपातिकतर्फ अमृता खड्का, प्रकाश शाह, राम आउजीको नाम सिफारिस भएको छ । जयगढ, रामारोशन र मेल्लेख गाउँपालिका समेटिएको प्रदेश निर्वाचन क्षेत्रवाट प्रत्यक्षतर्फ केबी साउँद, जगत रावल र लक्ष्मी भट्टराई गरी तीन जनाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ कृष्णप्रसाद जैशी, निर्मला रावल र मानबहादुर गिरीको नाम सिफारिस भएको छ ।
मंगलसेन नगरपालिका ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाको केही क्षेत्र समेटिएको प्रदेश निर्वाचन क्षेत्रवाट प्रत्यक्ष तर्फबाट बलबहादुर सोडारी, धर्म शाही र निर्मलाकुमारी साउँदको नाम सिफारिस भएको छ भने देवकला चलाउने, भीम जनाला, रत्नप्रसाद ढुंगानाको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको छ ।
बिनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका र कमलबजार नगरपालिकाका केही वडा समेटिएको प्रदेश सभा निर्वाचन क्षेत्रवाट प्रत्यक्षतर्फबाट कटक साउँद, भीम बिष्ट र गोमती शाहीलाई सिफारिस गरिएको छ भने बमबहादुर विसी, टेकबहादुर शाही र शारदा विष्टलाई समानुपातिकमा सिफारिस गरिएको छ ।
यस्तै, पिछडिएको तर्फबाट समानुपातिकमा गणेश सुनार, पशुपति कुँवरको नाम सिफरिस गरेको छ भने अल्पसंकेकबाट केशर मियाको नाम सिफरिस गरेको एमाले अछामका प्रचार विभाग प्रमुख भीम जनालाले जानकारी दिए ।
यसअघि नेपाली कांग्रेस अछामले प्रत्यक्ष र समानुपातिक दुबैतर्फ गरी १२० जनाको नाम केन्द्रमा पठाइसकेको छ भने नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फको सूची प्रदेश कमिटीमा पठाईसकेको छ र प्रत्यक्ष तर्फका उम्मेदवारको छनौटको गृहकार्यमा लागेको जनाएको छ ।

असाेज २० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार