६ कार्तिक २०८१, मंगलवार

आसन्न संघ तथा प्रदेश निर्वाचन : काँग्रेसद्वारा कैलालीमा उम्मेदवारहरूको सिफारिस



धनगढी । नेपाली काँग्रेस कैलालीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरूको छनोट गरी केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।
बिहीबार धनगढीमा बसेको काँग्रेस कैलालीको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि डाक्टर आरजु देउवा राणासहित दुई सय ४५ जनाको नाम सिफारिस गरेको जनाइएको छ ।
काँग्रेसले कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ डाक्टर देउवा राणा, सुनीलकुमार भण्डारी, पुष्करनाथ ओझा, प्यारेलाल राना, गणेशबहादुर देउवा र क्षितिज भण्डारीलाई सिफारिस गरिएको छ । क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ दिव्यश्वरी शाहको नाम सिफारिस गरिएको छ ।
नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाशबहादुर बमका अनुसार प्रदेश सभा सदस्यका लागि क्षेत्र नम्बर ५ को क नम्बरबाट प्रत्यक्षतर्फ आनन्दराज जोशी, नारायणदत्त भट्ट, गणेशबहादुर देउवा, उद्धवबहादुर बिष्ट, जीवन राना, देवबहादुर सेठ्ठी र लक्ष्मीप्रसाद देवकोटालाई सिफारिस गरिएको छ ।
त्यस्तै, सो क्षेत्रबाट समानुपातिकतर्फ कुम्भ गिरी, सने कामी, जीवन राना, डम्बरी महरा (रक्षा), नृपबहादुर सुनार र मानबहादुर विष्टको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, क्षेत्र नम्बर ५ को ख नम्बरबाट प्रत्यक्षतर्फ पार्टी सभापति नरनारायाण् शाह, उत्तमबहादुर कठायत, कृष्णबहादुर महरा, केशवराज मिश्र, छत्रराज जोशी, डिल्लीराज पन्त, दीर्घराज भट्ट, फिरुलाल राना, फूलराम राना, रामचन्द्र ओझा, रूपबहादुर खड्का, हरिश खड्का, हरि रेग्मी र क्षितिज भण्डारीलाई सिफारिस गरिएको छ । त्यस्तै, सो क्षेत्रबाट प्रदेश सभाको समानुपातिकतर्फ शारदा सुनाम, गौरी लामा, वासुदेव राना, फिरुराम राना, निर्मला बागचन्द, पुष्पा भट्ट, तेजबहादुर चन्द, दीपबहादुर ऐर, धर्मराज ओझा, छत्रराज जोशी, जागृति बोगटी, टेकबहादुर रैका, डम्बरी महरा (रक्षा), भीमबहादुर शाह, मनिराम देवल, लक्ष्मीदेवी भट्ट र शेख मुनिर अहमदको नाम सिफारिस गरिएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सुनीलकुमार भण्डारी, डाक्टर लक्ष्मीराज पाठक, प्रकाशबहादुर बम, प्रदीप जोशी र हिरादत्त भट्टलाई सिफारिस गरिएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य सामानुपातिकतर्फ दीर्घराज भाट, लक्ष्मी भण्डारी र सुरतबहादुर कार्कीको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर ४, प्रदेश सभाको क क्षेत्रबाट प्रत्यक्षतर्फ दिनेशराज जोशी, नरेन्द्रबहादुर मल्ल, भोजबहादुर बम, यज्ञनिधि कोइराला, शेरबहादुर देउवा र श्यामबहादुर खड्कालाई सिफारिस गरिएको छ । भने समानुपातिकतर्फ गोमा केसी, गंगबहादुर सुनार, देशराम चौधरी, फूलकुमारी चन्द (मल्ल), मेनुका जोशी, लक्ष्मी जोशी र सुनिलाल चौधरीको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, ख क्षेत्रबाट प्रत्यक्षतर्फ गोपाल देउवा, टीकादत्त जोशी, तुलसी देवकोटा, धर्मराज भट्ट, धुर्व भट्टराई, पदमराज भट्ट, प्रकाश देउवा, वीरेन्द्र भट्ट, लोकराज पाण्डे र शंकर बोगटीलाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ गोपाल देउवा, चन्द्रलक्ष्मी शाह, जानकी पाठक, जानकी पाल, तुलसी देवकोटा, धना थापामगर, धना विश्वकर्मा, प्रेम सुर्जामगर, वीरबहादुर हमाल, भगवती पाठक, यज्ञराज चौधरी, रमेश ताम्राकार, रामलाल राना, सीता सोव र सृष्टि जोशीको नाम सिफारिस गरिएको जनाइएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ खेमराज डंगौरा, गोविन्दराज जोशी, क्रशराम चौधरी र मोहनराज मल्ल तथा समानुपातिकतर्फ दीपक न्यौपाने, रामसमझ चौधरी र रिताकुमारी चौधरीको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क क्षेत्रबाट प्रत्यक्षतर्फ अविनाश चौधरी, कृष्ण चौधरी, दीपकराज जोशी, दीपेन्द्र बम, भरतराम चौधरी, रमेश चौधरी, राजसमझ चौधरी, रामचरण चौधरी, सूर्यबहादुर शाह र सुरेश हमाल तथा समानुपातिकतर्फ खडक मल्ल, लोकेन्द्र भण्डारी, जगतराम कठरिया, जीवन श्रेष्ठ, तुनिराम चौधरी, नन्दा शर्मा, नवराज मिश्र, भगवतीकुमारी चौधरी, भीम कामी, मायाकुमारी चौधरी र रामप्रसाद चौधरीको नाम सिफारिस गरिएको जनाइएको छ ।
त्यस्तै, ख क्षेत्रबाट प्रत्यक्षतर्फ बालकृष्ण न्यूरे, भीमबहादुर बडुवाल, लक्ष्मणबहादुर शाह, श्यामप्रसाद सापकोटा र हेमबहादुर मल्ल तथा समानुपातिकतर्फ गुलियाकुमारी चौधरी, गोमा आचार्य (जोशी), शेखराज आचार्य, बमबहादुर सिंह र सम्झना खत्रीको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ कमलबहादुर शाह, विजयबहादुर स्वाँर र हिमबहादुर रावल तथा समानुपातिकतर्फ उदयराम अधिकारी, बंशराम चौधरी र मानबहादुर महतोको नाम सिफारिस गरिएको छ ।
सो क्षेत्रको प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ क क्षेत्रबाट खडानन्द सापकोटा, देवानन्द जैशी, शिवा थापा सहित १२ जनाको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ खडकबहादुर बुढामगर, सुशीला शाही सहित १४ जनाको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, ख क्षेत्रबाट प्रत्यक्षतर्फ जनकबहादुर बम, उत्तम जोशी सहित आठ जना र समानुपातिकतर्फ उपेन्द्रबहादुर बम, रिताकुमारी मुडभरी, छत्रबहादुर टेलरसहित १४ जनाको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र १ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ ईश्वरी न्यौपाने, चन्द्रसिंह भट्टराई, नारायणदत्त मिश्र, फकिरसिंह कडायत, बुद्धिसागर चौधरी, डाक्टर रणबहादुर रावल, सुशीला स्वाँर र बृखबहादुर रावल तथा समानुपातिकतर्फ ऋतुराज कर्माचार्य, केशवलाल महतो, वीरबहादुर हमाल, रामबहादुर भण्डारी, ललिता सुनारको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ क क्षेत्रबाट जीवनप्रसाद श्रेष्ठ, भद्रवीर चौधरी, मोहनप्रसाद उपाध्याय, रामरसिले चौधरी र सेवकराम चौधरी तथा समानुपातिकतर्फ गंगादेवी चौधरी, तेजबहादुर विष्ट सहित १५ जनाको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, ख क्षेत्रबाट प्रत्यक्षतर्फ कल्पना उपाध्याय, गंगाबहादुर कुँवर, जंगबहादुर साउद सहित नौ जना र समानुपातिकतर्फ उमादेवी वादी, कमलराज जोशी सहित १७ जनाको नाम सिफारिस गरेको जनाइएको छ ।

असाेज २० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार