१० श्रावण २०८१, बिहीबार

शुभकामना आदानप्रदान कार्यक्रम



लम्की । नेपाली काँग्रेस, कैलाली क्षेत्र नम्बर २ को आयोजनामा मङ्गलवार लम्कीमा बडादशैं तथा तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह, महासमिति सदस्य मानबहादुर महतो, महासमिति सदस्य कमल शाह, नेताहरू दलवीर साउँद, जनक बम, धर्मराज न्यौपाने, हिमबहादुर रावल, नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष गणेशप्रसाद ओझा, काँग्रेसका नगर सभापति रामबहादुर विष्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम काँग्रेसका क्षेत्रीय सभापति भक्तबहादुर थापाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार