१० श्रावण २०८१, बिहीबार

समावेशीकरण र पहुँचबारे अन्तरक्रिया



धनगढी । स्थानीय स्रोत साधनमा सीमान्तकृत समुदायको पहुँचबारे मङ्गलवार घोडाघोडी नगरपालिका, सुखडमा अन्तरक्रिया भएको छ ।
फाया नेपालद्वारा सञ्चालित क्षेत्रीय खाद्य सुरक्षा सुशासन परियोजना अन्तर्गत सो कार्यक्रम भएको थियो ।
कार्यक्रममा पशुसेवा केन्द्र सुखडका प्रमुख छत्र न्यूरे, कृषि सेवा केन्द्रका कृषि प्राविधिक सुमित्रा शाही, अर्जुन चौधरी, फाया नेपालका कार्यक्रम संयोजक राजेन्द्र रैका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम दरख किसान महासङ्घका अध्यक्ष रामबहादुर चौधरीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार