११ श्रावण २०८१, शुक्रबार

उत्तरबेहडीमा अस्थायी बसपार्क



धनगढी । धनगढी उपमहानगरपालिकाले धनगढी उपमहानगरपालिका वडा नम्बर ४, उत्तरबेहडीमा अस्थायी बसपार्क निर्माण कार्य अघि बढाएको छ ।
अहिलेको बसपार्कको स्तरोन्नती हुने भएपछि सो अवधिका लागि अस्थायी बसपार्क निर्माण गरिने जनाइएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले पुरानो बसपार्कको स्तरोन्नति प्रक्रिया अघि बढाएको छ ।
उपमहानगरपालिका कार्यालयले साढे छ बिघा जमिन रहेको सो स्थानमा अस्थायी बसपार्क बनाउन मङ्गलवार बोर्ड राखेको छ ।
यससंगै बस सेवा सञ्चालनका लागि आवश्यक पर्ने सडक निर्माण कार्य पनि अघि बढाइएको छ । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले अस्थायी बसपार्कसम्मको सडकमा ग्राभेलिङ कार्य सुरु भइसकेको बताए ।
नेपाल सरकारको सघन शहरी विकास कार्यक्रम अन्तरगत दसैँपछि पुरानो बसपार्कको स्तरोन्नती कार्य सुरु हुने भएकोले त्यसअघि नै अस्थायी बसपार्क निर्माण गरी सञ्चालनमा ल्याइने उपमहानगर प्रमुख वडले बताए । पुरानो बसपार्क स्तरोन्नतीको अवधि एक वर्ष ६ महिना रहेको छ ।
यता अस्थायी बसपार्क निर्माण गर्ने जमिन शिवपुरी सामुदायिक वन र बोराडा“डीस्थित नेपाली सेनाको व्यारेक क्षेत्रमा रहेको छ । उपमहानगरपालिका कार्यालयका अनुसार सो जमिनमा रहेका बोटविरुवालाई कुनै असर नपारी खाली जमिनमा अस्थायी बसपार्क निर्माण गरिने छ ।
धनगढीमा रहेको पुरानो बसपार्क निकै सा“घुरो भएको र सवारी साधनको चाप थेग्न नसक्ने तथा बजारको बिच भागमा भएकाले यातायात सञ्चालनमा निकै कठिनाइ रहदै आएको छ । धनगढीमा लामो समयदेखि नयाँ बसपार्क निर्माणको चर्चा चल्दै पनि आएको छ । प्रायः राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा पनि आधुनिक बसपार्क निर्माणलाई प्राथमिकताका साथ समावेश गरेका छन् ।
उत्तरबेहडीमा यसअघि पनि आधुनिक सुविधासम्पन्न बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा स्थानीयको चर्को विरोधका कारण काम अघि बढ्न सकेको छैन ।
पुरानो बसपार्कको क्षमता बढीमा ६०÷७० वटा बस मात्रै हो । यो बसपार्क स्तरोन्नती भए पनि बढीमा दुई सय बस अटाउन सक्छन् । राजनीतिकर्मी पुष्कर कर्माचार्य भन्छन्– धनगढी उपमहानगरपालिकाले अस्थायी बसपार्कलाई नै क्षेत्रीय बसपार्कका रूपमा विकास गर्नु पर्दछ ।
पुरानो बसपार्क १९ कठ्ठा जमिनमा बनेको छ । यो बसपार्क स्तरोन्नतीका लागि तीब करोड रुपैयाँ“ बढी खर्च गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार