१० श्रावण २०८१, बिहीबार

मार्तडी–कोल्टी सडक खुलेन



बाजुरा । वर्षायाममा बिग्रिएको मार्तडी–कोल्टी सडक मर्मत नहुँदा अझैं यातायात सञ्चालन हुन सकेको छैन । सो सडकखण्ड ४३ किलोमिटर लामो रहेको छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले सडक मर्मतका लागि सडक डिभिजन कार्यालयले काम सुरु गरिसकेको बताए । तर, हालसम्म मार्तडीको चुथीसम्मको बाटो पनि मर्मत हुनसकेको छैन ।
बुढीनन्दा नगरपालिका प्रमुख पदमकुमार गिरीले केही दिनअघि जसरी भए पनि बाटो खुलाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कोल्टी क्षेत्रका चार वटा स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका बासिन्दा प्राय: सोही सडक भएर यात्रा गर्ने गर्दछन् ।

असाेज १० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार