१२ श्रावण २०८१, शनिबार

‘रौतहटमा गोली हानी एकको हत्या’



रौतहट । अज्ञात समूहले रौतहटको परोहा नगरपालिका-२, जिंगडवामा सोमबार बिहान गोली हानी एक युवकको हत्या गरेको छ ।
मृत्यु हुने हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नं.२ का वडाध्यक्षका प्रत्याशी नेपाली कांग्रसका शेख शेराजुदिनका छोरा २४ वर्षीय अख्तर भन्ने शेख अब्बु सोहेब रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नै घरको आंगनमा सुतिरहेकको अवस्थामा बिहान करीब ४ बजे सोहेब उपर गोली प्रहार भएको पीडित परिवारलाई उदृत गर्दै सुरक्षा अधिकारीले बताएका छन् ।
शरीरमा गोली लागेका घाइते सोहेबलाई उपचारको लागि जिल्ला अस्पताल गौरमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
मृतको शव परीक्षणको लागि गौर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले परोहा नगरपालिका १ का मनोजकुमार साहका छोरा २२ वर्षीय प्रदीप भन्ने सुरजकुमार साहलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त वडामा माओवादी केन्द्रका महम्मद एजाजुर रहमान विजयी भएका छन् । कांग्रेसी नेता कार्यकर्ताले माओवदीले हत्या गराउन लगाएको आरोप लगाएका छन् ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार