६ कार्तिक २०८१, मंगलवार

माओवादी केन्द्रद्वारा उम्मेदवारी चयन



बैतडी । नेकपा (माओवादी केन्द्र) बैतडीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
माओवादी केन्द्रले बैतडीमा प्रतिनिधि सभा प्रत्यक्षतर्फ जिल्ला इञ्चार्ज नरेन्द्र कुँवरलाई उम्मेदवार बनाएको छ । त्यस्तै, समानुपातिकतर्फ पोलिटब्युरो सदस्य रेणु चन्दलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा जिल्ला संयोजक प्रेमप्रकाश भट्ट र क्षेत्र नम्बर २ मा गोपाल चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
माओवादी केन्द्र बैतडीका अनुसार प्रदेशसभाका लागि समानुपातिकतर्फ जिल्ला सदस्य भुवनचन्द्र विश्वकर्मालाई उम्मेदवार बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार