१० श्रावण २०८१, बिहीबार

बस पल्टिँदा १० जना घाइते



कञ्चनपुर  । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ गर्जमुनि नजिक शनिबार बस दुर्घटनामा दश जना घाइते भएका छन् ।
धनगढीबाट महेन्द्रनगर गइरहेको ना ५ ख २६४८ नम्बरको बस सडक छेउमा पल्टिँदा १० जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक लालमणि जोशीले बताए । घाइतेको झलारी बजारमा रहेको निजी क्लिनिकमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार