१० श्रावण २०८१, बिहीबार

पहिरोमा एकको मृत्यु



बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ६, राँगेभीरमा पहिरोमा पुरिएर शुक्रबार बिहान एक जनाको ज्यान गएको छ । पहिरोमा १५ वटा भेडा पनि पुरिएका छन् ।
प्रहरीका अनुसार पहिरोमा हुम्ला श्रीनगरका ३५ वर्षीय तुलबहादुर बुढाको मृत्यु भएको छ । दशैंका लागि चामल लिन भेडासहित बाजुरा आइरहेका तुलबहादुरको बिहान करिब एक बजेतिर माथिबाट आएको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरी निरीक्षक जगदिशचन्द्र भट्टले बताए । तुलबहादुरसंगै रहेका अन्य दुई जना भने सकुशल रहन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार