२ जेष्ठ २०८१, बुधबार

पत्रकार शाहलाई युवा सशक्तीकरण पत्रकारिता पुरस्कार



धनगढी । अनुमोदन दैनिकका प्रबन्ध सम्पादक कैलालीका पत्रकार भरत शाहले प्रेस काउन्सिलले प्रदान गर्ने युवा सशक्तीकरण पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।
पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ । नेपाल पत्रकार महासंघ, कैलालीका निवर्तमान अध्यक्ष समेत रहेका पत्रकार शाह नेपाल टेलिभिजनको कैलाली सम्वाददाता पनि हुन् ।
प्रेस काउन्सिलले यस वर्ष प्रदान गरेका युवा सशक्तीकरण पत्रकारिता सहित विभिन्न पुरस्कारहरू शुक्रबार राजधानीमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गरिन् ।
१५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार शाहले विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार