४ जेष्ठ २०८१, शुक्रबार

बाढीका कारण धानबालीमा क्षति



बौनिया । बुधबार राति परेको भारी वर्षाका कारण काँडा नदीमा आएको बाढीबाट बर्दगोरिया गाउँपालिका वडा नम्बर ४, नौनियामा धानबालीमा ठूलो क्षति पुगेको छ ।
बाढीका कारण नौनियाका चुल्लुराम चौधरी, भोजराम चौधरी, देवीलाल डंगौरा, दिनेश चौधरी, दयाराम चौधरी, वीरबहादुर चौधरी, पतिराम चौधरी सहितका किसानको धानबालीमा ठूलो क्षति पुगेको बताइएको छ ।
त्यस्तै, बाढीका कारण मुडा बजारदेखि घोडाघोडी नगरपालिका वडा नम्बर ६ बछुरिया र नौनिया कालिका माविसम्मको सडकमा पनि क्षति पुगेको स्थानीय दिलबहादुर साउँदले बताए ।

असाेज ०६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार