१० श्रावण २०८१, बिहीबार

पञ्चशील सिद्धान्तका आधारमा देश चल्नुपर्छ– रावल



धनगढी । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले एमाले पञ्चशील सिद्धान्तका आधारमा देश सञ्चालन हुनुपर्ने मान्यतामा अडिग रहेको बताएका छन् । उनले आफ्नो पार्टी विदेशीसामु कुनै पनि विषयमा शीर नझुकाउने बताए ।
सोमबार धनगढीमा राप्रपाका नेता नन्दलाल चटौत, बिष्णु सिंह लगायतका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सामाजिक न्याय स्थापना गर्न र संविधान कार्यान्वयनमा राप्रपा नेताहरूको एमाले प्रवेशले उर्जा दिने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डल विस्तारमा टिप्पणी गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले ब्यंग्य गरे– ‘मन्त्रीमण्डलको संख्या बढाएर नेपालको नाम गिनिज बुकमा लेख्ने अवस्था आएको छ ।’
सो अवसरमा नेता चटौतले एमाले मात्र राष्ट्रवादी पार्टी भएको दाबी गरे । कार्यक्रम एमाले कञ्चनपुरका एमाले अध्यक्ष तारा लामा तामाङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य रामकुमार ज्ञवाली, बिक्रम शाही, नौ वटै जिल्लाका अध्यक्ष तथा सचिव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार