९ आश्विन २०७८, शनिबार

माओवादी केन्द्रले उम्मेदवारी सिफारिस



बझाङ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरी प्रदेशमा पठाएको छ ।
प्रतिनिधि सभाका लागि क्षेत्र नम्बरबाट प्रत्यक्षतर्फ धर्मराज विक र समानुपातिक तर्फ देवराज रेग्मी नाम सिफारिस भएको छ ।
प्रदेश सभाका लागि प्रत्यक्षतर्फ जनक बुढा र बिक्रम खडकाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ कलक खडका, हिरा थापा र तुलसी मल्लको नाम सिफारिस भएको छ । यसैगरी क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ विपना थापा, नन्दलाल धामी, जनक जोशी र भीम भण्डारी नाम सिफारिस भएको छ भने समानुपातीकतर्फ आनन्द विक र शान्ति नेपालीको नाम उम्मेदवारका लागि सिफारिस भएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष कलक खडकाले बताए ।

प्रतिक्रिया दिनुहोस्