१० श्रावण २०८१, बिहीबार

फरार अभियुक्त ११ वर्षपछि पक्राउ



बझाङ । अदालतले कैद सजाय तोकेका फरार अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन् । बझाङ जिल्लाको साविक लेकगाउँ गाविस–१ का जयराज बुढालाई २०६३ साउन २५ गते कुटपिट गरी हत्या गर्ने साविकको सैनपसेला गाविस–८ का उज्ज्वले दौल्याल र मदन दौल्याललाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
जिल्ला अदालत बझाङले उज्ज्वलेलाई १२ वर्ष र मदनलाई पाँच वर्ष कैद सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रामबहादुर चन्दले बताए ।

भदाै ३० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार