१० श्रावण २०८१, बिहीबार

विद्यार्थीको हत्या



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७, हल्दुखालस्थित महाकाली माविमा अध्ययनरत एक छात्रको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली मावि कक्षा ८ मा अध्ययनरत १३ वर्षीय तिलक चन्द बुधबार राति मृत अवस्थामा फेला परेको जनाएको छ । उनी गाउँको खोला किनारको झाडीमा मृत अवस्थामा फेला परेका थिए ।
प्रहरीले विद्यालयका प्रधानाध्यापक शेरसिंह महरा, आशिष अधिकारी, विशाल चन्द, रमेश खड्का र प्रकाश थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार