१० श्रावण २०८१, बिहीबार

४५ केजी चरशसहित दुई जना पक्राउ



बझाङ । बझाङ जिल्लाको छबीस पाथीभेरा गाउँपालिका, वडा नम्बर १ को भाँडेबगर भन्ने ठाउँबाट प्रहरीले ४५ किलोग्राम लागूऔषध चरेशसहित आइतबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट ४७ हजार रुपैयाँ पनि बरामद गरेको छ ।
क्षेत्रीय प्रहरी कार्यालय, डोटीबाट खटिएको क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी) र जिल्ला प्रहरी कार्यालय, बझाङको संयुक्त टोलीले सुर्मा गाउँपालिका वडा नम्बर ५ घर भएका ४० वर्षीय गिठे बोहरा र २८ वर्षीय दीपक बोहरालाई चरेशसहित पक्राउ गरेको बझाङका नायव प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।
उनीहरू दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चलान गरिएको छ । प्रहरी नायव उपरीक्षक कँडेलले उनीहरूमाथि लागूऔषधसम्बन्धी मुद्दा दायर गरी कारबाही अघि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार