५ कार्तिक २०८१, सोमबार

गाविस पूर्व अध्यक्षमाथि आक्रमण तथा लुटपाट



धनगढी । कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वाध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराको एक समूहले बिहीबार आक्रमण गर्नुका साथै लुटपाट गरेका छन् ।
भारतीय बजारबाट उपचार गरी फर्कने क्रममा नगरा नजिक तीनजना भारतीय लुटेराले हमला र लुटपाट गरेको जनाइएको छ उनीसंग रहेको मोबाइल फोन तथा ३६ हजार भारतीय रुपैयाँ लुटिएको छ ।
प्रहरीका अनुसार आक्रमणबाट पूर्व गाविस अध्यक्ष रानाको पिठ्यूँ, टाउको, खुट्टा र हातमा चोट लागेको छ । पूर्वअध्यक्ष रानाले लुटेरा समूहले मोटरसाइकल रोकेर लुटपाट र आक्रमण गरेको बताए ।
इलाका प्रहरी कार्यालय, दोधारा चाँदनीका प्रहरी निरीक्षक मोहन साउँदले भारतीय प्रहरीसंग समन्वय गरी आक्रमण र लुटपाटमा संलग्नहरुको खोजी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार