१० श्रावण २०८१, बिहीबार

गौरादेवी मन्दिर जमिनबारे विवाद



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा रहेको गौरादेवी मन्दिर जमिनबारे विवाद बढेको छ ।
गौरादेवी मन्दिर समितिले उपभोग गरिरहेको सो जमिन स्थानीय बिसन सिंहले आफ्नो स्वामित्वको भन्दै खनजोत गरेपछि विवाद बढेको छ ।
स्थानीयका अनुसार सो जमिनमा २०५३ सालमा सबै मिलेर मन्दिर निर्माण गरेका थिए । स्थानीय किशनदत्त भट्टले सो जमिन सार्वजनिक भएको र स्थानीयको आमभेलाबाट मन्दिर बनाउने निर्णय गरिएको बताए ।
उनले २१ वर्षअघि स्थानीयले मन्दिर निर्माण गरेको स्थानमा अहिले आएर बिसनले आफ्नो स्वामित्वको भनेर दाबी गर्नु गलत भएको बताए ।
स्थानीयका अनुसार बिसनको परिवार बाढीपीडित भएको र उनीहरूलाई मन्दिरको जमिनमा आश्रय दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार