१० श्रावण २०८१, बिहीबार

सिंचाईं अभावले कृषि उत्पादन प्रभावित



डडेल्धुरा । सिंचाइको अभावले डडेल्धुराको अजयमेरुमा अधिकांस किसानले एक बालीमा सीमित हुनुपरेको छ ।
अजयमेरु गाउँपालिका वडा नम्बर ४ का धारी, पर्कोटा, मल्लोधारी, भट्याडीमा उर्बर जमिन भए पनि सिंचाई अभावले छ महिना बाँझो हुने गरेको स्थानीयले बताए ।
स्थानीयले धारीक्षिणा खोलाबाट सिंचाईं कुलो निर्माण गर्ने प्रयास गरिरहे पनि बजेट अभावका कारण सम्भव हुननसकेको किसान उद्धबहादुर ऐडीले बताए । उनले धारीक्षिणा खोलाबाट नहर निर्माण हुनसकेमा दुई हजार रोपनीभन्दा बढी जमिनमा सिंचाईं सुविधा पुग्ने बताए ।
उनीहरूले सिंचाइको व्यवस्था गर्न जिल्ला समन्वय समितिसंग माग गरेको बताए ।

भदाै १४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार