१० श्रावण २०८१, बिहीबार

महाकाली नदीमा चारलेनको पुल निर्माण हुँदै



कञ्चनपुर । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण सुरु हुने भएको छ । सो पुलको आगामी बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
सडक विभागको पुल महाशाखाका अनुसार सो पुलको लागत तीन अर्ब रुपैयाँ रहेको छ । महाशाखा प्रमुख अर्जुनजंग थापाले सो परियोजना पूर्ण सरकारी लगानीमा रहेको बताए ।
त्यस्तै, गड्डाचौकीदेखि महाकाली नदी पारिका दुई गाउँ दोधारा र चाँदनीसम्म सर्भिस ट्रयाकसहित छ लेनको पक्की सडक पनि निर्माण हुने भएको छ । सो सडकको लम्बाई सात दशमलव आठ किलोमिटर रहेको छ ।
त्यस्तै, चाँदनी र दोधारामा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ ।

भदाै १३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार