४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्रीको भारत भ्रमण सफल– माओवादी केन्द्र अध्यक्ष दाहाल



धनगढी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको विश्लेषण गरेका छन् ।
‘प्रधानमन्त्री देउवाको भारत भ्रमण दुई देशबीचका पुराना सहमती कार्यान्वयनका सन्दर्भ र केही हाम्रा अत्यावश्यक विषय बाहेक कुनै पनि विवादित विषयमा फसेको देखिदैन’ शनिबार धनगढी पत्रकारहरूसंगको कुराकानीमा अध्यक्ष दाहालले भने ‘प्रधानमन्त्रीको भारत भ्रमण अहिलेसम्म नेपालको हितमा नै देखिएको छ ।
माओवादी केन्द्र अध्यक्ष दाहालले ‘भारत भ्रमण जानुअघि प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्रीहरू तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वबीचको छलफलमा यस पटक कुनै पनि विवादित विषयमा प्रवेश नै नगर्ने’ सहमति भएअनुसार नै भ्रमण केन्द्रीत रहेको पाइएको बताए । उनले भने– ‘प्रधानमन्त्री देउवाले राजनीतिक नेतृत्वसंग प्रतिवद्धता व्यक्त गरेर जानु भएको थियो, सोही अनुरूप नै अहिलेसम्म काम गर्नुभएको छ ।
कोशी उच्च बाँधबारे भारतसंग सहमति भएकोबारे के भन्नुहुन्छ ? सञ्चारकर्मीको एक जिज्ञासामा उनले यसबारे प्रधानमन्त्री देउवा स्वदेश फर्केर आएपछि मात्र स्पष्ट हुने बताए । ‘हामीले अहिलेसम्म प्रधानमन्त्रीले कुनै पनि विवादित विषयमा सहमति गरेको जानकारी पाएका छैनौ’ पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्र अध्यक्ष दाहालले भने ।
उनले राष्ट्रिय जनता पार्टी नेपाल पनि चुनावमा सहभागी हुने भएकोले संविधान कार्यान्वयन अझ बलियो भएको बताए । ‘अब सबैको सहभागितामा संविधान कार्यान्वयनको प्रक्रियालाई अगाडि बढाएर देशलाई राजनैतिक स्थिरता र आर्थिक समृद्धितर्फ अग्रसर गर्नु पर्दछ’ उनले थपे ।
प्रधानमन्त्री दाहालले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुन्छ कि हुँदैन ? भनेर प्रश्न उठाउनु नै गलत रहेको बताए । ‘पहिला स्थानीय तहको चुनाव हुन्छ की हुँदैन भनेर बारम्बार शंका गर्दथे’ उनले भने– ‘दुई चरणको स्थानीय चुनाव भइसक्यो, त्यसैले निर्वाचन हुन्छ वा हुँदैन भनेर आशंका नगर्नुुस्, चुनाव कदापी रोकिदैन ।’
उनले असोज २ गते घोषणा गरिएको तेस्रो चरणको २ नम्बर प्रदेशको स्थानीय तहको चुनावमा माओवादी केन्द्रले मधेसवादी दलहरूसंग तालमेल गरेर अघि बढ्ने बढी सम्भावना रहेको बताए ।
दुई नम्बर प्रदेशमा हुने स्थानीय निर्वाचनमा हामीले मधेसी दलहरूसंग चुनावी तालमेललाई प्राथमिकता दिएका छौं’ उनले भने– ‘त्यस्तै, नेपाली कांग्रेस र नेकपा एमालेसंग पनि तालमेल हुनसक्ने बताए ।

भदाै ११ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार