१० श्रावण २०८१, बिहीबार

चितुवाको आक्रमणबाट महिला घाइते



भदाै ९ गते (epaper)

बैतडी । बैतडीको विशालपुरमा चितुवा आक्रमणबाट महिला घाइते भएकी छन् ।
बिहीबार बिहान ९ बजे मैलौली नगरपालिका वडा नं ९ की ४० वर्षीय कुन्दादेवी भट्ट चितुवाको आक्रमणमा परि घाइते भएको स्थानीय जनप्रतिनिधि भीमदत्त भट्टले जानकारी दिएका छन् ।
आफ्नै खरबारीमा घाँस काटिरहेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरेको बताइएको छ । चितुवाको आक्रमणमा परि बैतडीमा मात्र २२ जनाले ज्यान गुमाइसकेका छन् भने कयौं घाइते भइसकेका छन् ।
घाइते भट्टलाई उपचारका लागि बैतडीस्थित जिल्ला अस्पताल लगिएको छ । उनको हात र नाकमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार