१० श्रावण २०८१, बिहीबार

मदिरा जरिवानाबाट भवन निर्माण



भदाै ९ गते (epaper)

बझाङ । मदिरा सेवन गरी गाउँमा होहल्ला गर्नेलाई जरिवाना गरेको रकमले बझाङको दुर्गम सुर्मा गाउँपालिका–१, दौलिचौरका बासिन्दाले विद्यालयको पक्की भवन निमार्ण गरेका छन् ।
मदिरा सेवन गरी गाउँमा होहल्ला, झैझगडा गर्नेहरूबाट स्थानीयले जरिवाना बाफत नगद १६ लाख ४० हजार पाँच सय संकलन गरी विद्यालय भवन निमार्ण गरेका हुन ।
जरिवानाबाट आएको रकमले विद्यालयको पक्की भवन, चौतारो र मन्दिर निमार्ण गरेको दौलिचौर मदिरा नियन्त्रण समितिका अध्यक्ष गोरखबहादुर बोहराले बताए । जरिवानाबाट उठेको रकम र श्रमदान गरी झण्डै १४ लाखमा दौलिचौर माध्यमिक विद्यालयको चारकोठे पक्की भवन, ५० हजारमा विद्यालयको चौतारो, एक लाख ५० हजारको लागतमा विद्यालय परिषरमा सरस्वती मन्दिर र करिब २ लाख बराबरको विद्यालयको घेरवार निमार्ण गरिएको विद्यालयका प्रधानाध्यापक गजेन्द्रबहादुर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार