५ कार्तिक २०८१, सोमबार

भीरबाट लडेर महिलाको मृत्यु



दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
लेकम गाउँपालिका–४, झलातीकी अन्दाजी ३८ वर्षीय पार्वती पार्कीको घाँस काट्ने क्रममा भीरबाट लडेर मंगलबार ज्यान गएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
मृतक पार्कीका श्रीमान २ छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार