१० श्रावण २०८१, बिहीबार

दुग्ध चिस्यान केन्द्र स्थापना



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११, कलुवापुरमा दूग्ध चिस्यान केन्द्र स्थापना भएको छ ।
क्षेत्रीय पशु निर्देशनालय दिपायलको तीन लाख अनुदान र सुनबरा कृषि सहकारी संस्थाको चार लाख रुपैयाँको लागतमा दुग्ध चिस्यान केन्द्र स्थापना गरिएको हो ।
सुनबरा सहकारी संस्थाले सञ्चालनमा ल्याएको सो केन्द्रले दैनिक एक हजार लिटर दूध चिस्यान केन्द्रमा भण्डार गरी आपूर्ति गर्ने जनाइएको छ ।
चिस्यान केन्द्रमा ३० दिनसम्म दूध भण्डार गर्ने क्षमता रहेको सहकारी संस्थाका अध्यक्ष हरेन्द्र भण्डारीले बताए ।
सहकारीले दूधको उत्पादन बढेमा अर्को वर्षदेखि चिस्यान केन्द्रको क्षमता बढाइ दुई हजार लिटर पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार