१० श्रावण २०८१, बिहीबार

दश वर्षपछि हत्या अभियुक्त पक्राउ



बझाङ  ।  बझाङमा दश वर्षअघि एक महिलाको हत्या गरेर फरार अभियुक्त बल्ल पक्राउ परेका छन् । बmभाङको बुंगल नगरपालिका वडा नम्बर २, दशबगरकी ३६ वर्षीया कनथरी धामीको हत्या गरी फरार अभियुक्त खडक धामी (४० वर्ष) लाई प्रहरीले दार्चुलाको जेनामुनिबाट पक्राउ गरेको जनाएको छ ।
अभियुक्त खडकले भाउजु नाता पर्ने कनथरीको २०६४ साल भदौ २५ गते हत्या गरेको प्रहरीले जनाएको छ ।
बझाङका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार अभियुक्त खडक फरार भएपछि लामो समय दार्चुलाको जेनामुनि भन्ने स्थानमा लुकेर बसेका थिए । उनी कहिले भारत र कहिले नेपालमा बस्ने गरेका थिए । सुराकीको आधारमा उनलाई शनिबार पक्राउ गरिएको र आइतबार बझाङ झिकाइएको प्रहरी नायव उपरीक्षक चन्दले बताए ।
सामान्य पारिवारिक विवादमा खडकले कनथरीलाई टाउकोमा ढुंगाले हिर्काउँदा उनको तत्काल मृत्यु भएको थियो ।
घटनापछि कनथरीका श्रीमान हरि धामीले प्रहरी कार्यालयमा खडगविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार