५ जेष्ठ २०८१, शनिबार

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल निर्वाचित



चितवन  । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छन् । उपमेयरमा पनि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् ।
मतगणना सकिएको छ र विजयी भएको औपचारिक घोषणा गर्न मात्र बाँकी छ ।
भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी गठबन्धनबाट प्रचण्डपुत्री रेणु चुनावी मैदानमा थिइन् । एमालेबाट देबी ज्ञवाली मेयर र दिव्या शर्मा उपमेयरको उम्मेदवार थिए ।
भरतपुर महानगरपालिकामा पहिलो चरणमा बैशाख ३१ गते निर्वाचन भएको थियो । तर, परिणाम भने झण्डै तीन महिनापछि मात्र आएको छ । भरतपुर १९ नम्बर वडाको मतगणनाको क्रममा गत जेठ १४ गते मध्यराति माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो । मतपत्र च्यातिएपछि सो वडाका सबै मत बदर गर्दै निर्वाचन आयोगले साउन २० गते पुनः मतदान गराएको थियो ।
मतपत्र च्यातिनुअघिसम्म एमाले उम्मेदवार देबी ज्ञवाली रेणु दाहालभन्दा ७८४ मत अन्तरले अघि थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार