५ जेष्ठ २०८१, शनिबार

डोटी जीप दुर्घटनामा ९ जनाकाे मृत्यु, ७ घाइते



डोटी । डोटीको बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडामा यात्रुबहाक जीप दुर्घटना हुँदा नाै जनाको घटनास्थमै ज्यान गएको छ भने सात जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।
शुक्रबार राति शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दिपायलबाट बोगटान गाउँपालिकाको चबराचौतारा जाने क्रममा दुर्घटना भएकाे थियाे । जीप साविकको गगुडा गाविसको वडा नम्बर ८ कटैगाउँको धार नजिकै दुर्घटना भएको थियाे ।
घटनामा गाउँपालिका वडा नम्बर १ सिमचौरका ३५ बर्षिय बिष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्तिमगर, ५० वर्षीय बुढो घर्ती मगर, ४५ वर्षीय गोरख थापा, ४८ वर्षीय शसिराम बहादुर पुनमगर, ४५ वर्षीय ललिता देवी पुन, ४० वर्षिय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्तिमगर र शिखर नगरपालिका १ कपल्लेकीका २८ वर्षीय चालक बिष्णुबहादुर नेगीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी शिवबहादु सिंहले जानकारी दिएका छन् ।
त्यस्तै, गम्भीर घाइते हुनेमा दलबहादुर पुनमगर, हर्कबहादुर घर्तिमगर, वीरबहादुर घर्तिमगर, प्रकाश घर्तिमगर रहेका छन् ।
दुर्घटननामा पर्ने यात्रु सबै बोगटान गाउँपालिका वडा नम्बर १ सिमचौरका रहेका छन । जीप कच्ची सडकबाट झण्डै साढे चार सय मिटर तल खसेको छ ।
घाइतेको उपचारका लागि जिल्ला सदरमुकामको सुजङ अस्पताल ल्याईएकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार