१० श्रावण २०८१, बिहीबार

भीरबाट लडेर एकको मृत्यु



बाजुरा । बाजुरा जिल्लास्थित धार्मिक तीर्थस्थल बडीमालिकाको दर्शन गर्न जाने क्रममा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ ।
बडीमालिका जाने क्रममा बाजुरा त्रिवेणी नगरपालिका वडा नम्बर २ का ५५ वर्षीय डम्मलाल जैशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले बताए । जैशी हाल धनगढी उपमहानगरपालिका फूलवारी ‘बी’ गाउँमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार