१० श्रावण २०८१, बिहीबार

निर्वाचन क्षेत्र निर्धारणमा काँग्रेस र एमाले एकमत



बाजुरा । आसन्न प्रदेश निर्वाचनका लागि क्षेत्र निर्धारणमा नेपाली काँग्रेस र नेकपा एमालेबीच मत्यैकता देखिएको छ ।
बाजुरामा दुवै दलले दुई क्षेत्र निर्धारण गर्दा पोरखेलाई सीमा निर्धारण गर्नुपर्नेमा एकमत राखेका छन् ।
नेपाली काँग्रेसले पार्टी सभापति कविराज पण्डितको हस्ताक्षरसहित निर्वाचन क्षेत्र निर्धारण आयोगलाई पार्टीको आधिकारिक लिखित धारणा बुझाएको छ । एमालेले जिल्ला कमिटीको २१ औं बैठकबाट लिखित निर्णय गरेको छ ।
दुबै दलले पोरखे क्षेत्रमाथि पर्ने चार वटा स्थानीय तह रहेको एक निर्वाचन क्षेत्र र पोरखे भन्दा तल्लो भेगमा रहेका पाँच वटा स्थानीय तह मिलाएर अर्को निर्वाचन क्षेत्र बनाउनु उचित हुने सुझाव दिएको एमालेका जिल्ला इञ्चार्ज लालबहादुर थापाले बताए ।
भौगोलिक अवस्था र जनसंख्याको आधारमा दुई निर्वाचन क्षेत्र बनाउँदा उपयुक्त हुने भन्दै पोरखे क्षेत्रलाई सीमा मान्न तयार भएका हुन् । सिफारिस गरिएकोमा गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका र छेडेदह गाउँपालिका सहित तल्लो क्षेत्रमा एक निर्वाचन क्षेत्र बनाउन प्रस्ताव गरिएको छ ।
त्यस्तै, बुढीनन्दा नगरपालिका, हिमाली, स्वामिकात्र्तिक र पाण्डवगुफा गाउँपालिका मिलेर अर्को निर्वाचन क्षेत्र बनाईएको छ । जनसंख्याका हिसाबमा तल्लो बाजुरा मार्फत क्षेत्र ठूलो देखिएपनि भुगोलका हिसाबमा कोल्टी क्षेत्र ठूलो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार