अछाम जिससमा काँग्रेस



अछाम । जिल्ला समन्वय समिति अछाममा नेपाली काँग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
मंगलबार काँग्रेसका तर्फबाट मात्र उम्मेदवारी दर्ता भएपछि जिल्ला समन्वय समिति संयोजक (सभापति) मा नरबहादुर कुँवर निर्वाचित भएका छन् ।
त्यस्तै, उपसंयोजक (उपसभापति) मा काँग्रेसका टोपबहादुर रावल निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरूमा तुलाराम साउँद, शिव तिरुवा, सुरत बुडथापा, लक्ष्मी शाह, तुल्सी साउँद खकेन्द्र साउँद र लक्ष्मीकुमारी सुनार निर्वाचित भएका छन् ।
सदस्य खकेन्द्र लक्ष्मीकुमारी माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका थिए । जिल्लामा २० मध्ये ११ सिट जितेको काँग्रेसले एकलौटी रूपमा जिल्ला समन्वय समितिमा जित्ने भए पनि माओवादी केन्द्रसंग गत निर्वाचनमा भएको चुनावी तालमेललाई निरन्तरता दिन सो निर्णय गरिएको बताइएको छ ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार मध्यान्ह १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो । जिससको निर्वाचनमा नेकपा एमाले अछामले उम्मेदवारी नै दर्ता गराएन ।

प्रतिक्रिया दिनुहोस्