१० श्रावण २०८१, बिहीबार

भीमदत्त स्मृति दिवस मनाइयो



डडेल्धुरा । शहीद भीमदत्त पन्तको ६५ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मंगलबार डडेल्धुरामा मनाइएको छ ।
स्मृति दिवसको अवसरमा मंगलबार बिहान डडेल्धुरा बागबजारस्थित शहीद पन्तको शालिकमा माल्यार्पण गरिएको थियो ।
त्यस्तै साँझ दीप प्रज्ज्वलन गरिएको भीमदत्त स्मृति प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए ।
किसान नेता भीमदत्तलाई सरकारले २०७२ फागुन १९ गते शहीद घोषणा गरेको हो ।
२००९ सालमा कञ्चनपुरको ब्रह्मदेवमा लुकाएर राखिएको नूनको गोदाम कब्जा गरी किसानलाई वितरण गरेर उनले विद्रोह शुरु गरेका थिए ।
उनलाई २०१० साउन १७ गते डडेल्धुराको साविसको आलिताल र डोटीको छतिवन गाविसको सीमाना क्षेत्रको गल्लेख भन्ने ठाउँमा खाना खाइरहेका बेला नेपालर भारतका सेनाको संयुक्त टोलीले घेरा हालेर नियन्त्रणमा लिएका थिएर हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार