१० श्रावण २०८१, बिहीबार

भिरबाट खसेर मृत्यु



बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाको भिरबाट खस्दा ४२ वर्षका रूपेन्द्रसिंह धामीको ज्यान गएको छ ।
सोमबार बेलुका नजिकैको जंगलबाट काठ बोकेर घर आउँदै गर्दा जयपृथ्वी नगरपालिका–९ का धामीको ज्यान गएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए ।
धामीको शवलाई स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाटो चिप्लो भएको कारण लडेर ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ । धामीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिमखेतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार