१० श्रावण २०८१, बिहीबार

ढुंगा लागेर युवकको मृत्यु



बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ पणेशमा मोटरसाइकल चलाइरहेका एक युवकको माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ ।
आइतबार मोटरसाइकल चलाइरहेको पणेशका २५ वर्षीय सुरेन्द्र खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । उनी जयपृथ्वी नगरपालिका प्रमुख वीरेन्द्र खड्काका छोरा हुन् ।
बा ६४ प ६२१० नम्बरको मोटरसाइकलमा तमैलबाट सदरमुकाम चैनपुर आउने क्रममा जयपृथ्वी राजमार्गको कचाली खोला नजिकै माथिबाट खसेको ढुंगा टाउकोमा लागेर उनी गम्भीर घाइते भएका थिए ।
उनको उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार