१० श्रावण २०८१, बिहीबार

भालुको आक्रमण ज्यान गुमाएका परिवारलाई राहत प्रदान



बझाङ । बझाङको काँडा गाउँपालिका, धलोनमा भालुको आक्रमणबाट ज्यान गुमाएका एक परिवारले सरकारले राहत रकम प्रदान गरेको छ ।
गत चैत्रमा भालुको आक्रमणबाट ज्यान गुमाएका अख्या धामीको परिवारलाई पजल्ला वन कार्यालय बझाङले आइतबार पाँच लाख रुपैयाँ राहत स्वरूप प्रदान गरेको छ ।
जिल्ला वन कार्यालयका प्रमुख अशोक श्रेष्ठले मृतकका श्रीमती फुगीदेवीलाई सो रकमको चुक हस्तान्तरण गरे ।
उता, दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचमा पानीको खाल्डोमा डुबेर मृत्यु भएकी बालिकाको परिवारलाई चमेलिया जलविद्युत आयोजनाले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।
आइतबार निर्माण कम्पनी, पीडिक पक्ष र स्थानीय प्रशासनबीचको छलफलमा १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सहमती भएको बलाँच प्रहरी चौकीका प्रहरी नायव निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।
बलाँचमा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको निर्माणका लागि आवश्यक ढुंगा, गिट्टी निकालेर बनेको खाल्डोमा भरिएको पानीमा डुबेर बालिकाको मृत्यु भएपछि परिवार र स्थानीयले क्षतिपूर्तिको माग गर्दै बिरोध गरेका थिए ।
चाइना कम्पनीले निर्माण सामग्री निकाल्दा बनेको खाल्डोमा परी शनिबार बजार जाँदै गरेकी बलाँचका हर्कबहादुर खडायतकी १० बर्षीया छोरी अनिसा खडायतको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार