२३ बैशाख २०८१, आईतवार

‘विकासका प्रभावकारी योजना बनाएर अघि बढ्न जरुरी’



धनगढी । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले ७ नम्बर प्रदेशका एमालेका नवनिर्वाचित जनप्रतिनिधिले विकासका प्रभावकारी योजना बनाएर अघि बढ्न जरुरी रहेको बताएका छन् ।
‘विगतका वर्षहरूमा स्थानीय निकायमा जनप्रतिनिधि नहु“दा विकासले गति लिन सकेन, अहिले स्थानीय निकायमा एमाले पहिलो पार्टी बनेको छ’ अब केही गरेर देखाउनुपर्छ एमालेद्वारा आयोजित निर्वाचित जनप्रतिनिधिका लागि आयोजित एक कार्यक्रममा उनले बताए ।
नेकपा (एमाले)ले आयोजना गरेको ७ नम्बर एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीत तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षणको उद्घाटन कार्यक्रममा उपाध्यक्ष रावलले भने– ‘जनताले एमालेलाई विश्वास गरेर स्थानीय निकायमा विजयी गराएका छन्, त्यसैले जनप्रतिनिधिले पञ्चवर्षिय योजना बनाएर विकासलाई अघि बढाउन जरुरी छ ।’ जसरी जनताले एमालेमाथि विश्वास गरेका छन्, त्यसरी नै तपाईहरूले नया“ दृष्टिकोणबाट जनताको पक्षमा काम गरेर एमालेलाई राम्रो पार्टी बनाउन जरुरी रहेको छ उनले भने ।
उनले जनप्रतिनिधिलाई संविधानले स्थानीय निकायलाई दिएका काम, कर्तव्यहरूको अध्ययन गरेर ईमान्दारितापुर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।
उपाध्यक्ष रावलले नेकपा (एमाले)ले मात्रै देशलाई विखण्डनबाट रोक्न सक्छ र तीब्र विकास गर्छ भन्ने जन विश्वासलाई कायमै राख्ने गरी आ–आप्mनो क्षेत्रमा इमान्दारीताका साथ काम गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेकपा (एमाले)का सचिव प्रदीप ज्ञावालीले प्रदेश नम्बर ७ का नवनिर्वाचित जन प्रतिनिधिहरूलाई पुरानो अनुभव र नया“ जोशका साथ काम गर्न आग्रह गरे । अहिले जनताले एमालेले मात्रै देशको अस्तित्व जोगाउन सक्छ भन्ने हेतुले स्थानीय तहमा पहिलो पार्टी बनाएको भन्दै एमालेबाट जनताको विश्वास नगुम्ने गरी कम गर्न जनप्रतिनिधीहरूलाई आग्रह गरे ।
कार्यक्रममा सचिव ज्ञावालीले एमालेलाई हराउन देश भर दलहरूले तालमेल सहित ठूलो षड्यन्त्र गरेको भए पनि जनताले एमालेलाई देशकै पहिलो पार्टी बनाएको बताए ।
एकै चरणमा गर्न सकिने स्थानीय तहको निर्वाचनलाई सरकारले आफू अनुकुल पार्न राजपाको बहानामा तीन चरणसम्म सारेको नेता ज्ञवालीको आरोप थियो । उनले दुई नम्बर प्रदेशमा समेत एमाले पहिलो पार्टी बन्ने दावी गरे ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा नेकपा (एमाले)का बुद्धिजीवी परिषद्का केन्द्रीय अध्यक्ष दिनेश देवकोटा र अधिवक्ता टिकाराम भट्टराई, संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली, प्राध्यापक विधान आचार्य लगायतले सहभागी जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षण कार्यक्रममा सात नम्वर प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र ३९ वटा नगर÷गाउँपालिका प्रमुख र ४२ उपप्रमुखको सहभागिता रहेको छ ।

पहिलो भएकोमा केक काटियो
एमालेले प्रदशे नम्बर ७ मा पहिलो पार्टी भएकोमा केक काटेर खुसीयाली मनाएको छ । पार्टी उपाध्यक्ष रावलले केक काट्नु भएको थियो ।
रावलले केक काटेर सात नम्बर प्रदेशकै महिला मेयर सिलगढी दिपायल नगरपालिकाकी प्रमुख मञ्जु मलासीलाई खान दिएका थिए । त्यसपछि क्रमश ः सवै निर्वाचित जनप्रतिनीधि र एमाले नेता कार्यक्रर्तालाई केक बाँडिएको थियो ।
एमालेले ७ नम्बरका ८८ तहमा ३९ स्थान जितेर पहिलो पार्टी बनेको छ । एमालेले प्रमुख ३९ र ४२ उपप्रमुख जितेको छ । यस्तै, कांग्रेसले ३८, माओवादीले १० र फोरम १ तह जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार