६ कार्तिक २०८१, मंगलवार

स्यालको टोकाईबाट २० घाइते



बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ गोलाईमा स्यालको टोकाईबाट हालसम्म २० जना घाइते भएका छन् ।
बहुलाह स्यालको टोकाईबाट गोलाइका कवि खत्री, कवि बिष्ट, गगन खाती, राजु पाध्या, शिखर खाती, वीरेन्द्र शाही, सूर्य थापा, सुशील खाती, कवीन्द्र जोशी लगायत २० जना घाइते भएको बताइएको छ ।
केही दिनदेखि सो क्षेत्रमा बहुलाह स्यालको बिगबिगी रहेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार