१० श्रावण २०८१, बिहीबार

काठेपुल बगाएपछि…



बझाङ । बझाङको सदरमुखकाम चैनपुर जोड्ने बाउली खोलामा रहेको काठे पुल बगेपछि आवतजावतमा स्थानीयलाई सास्ती भइरहेको छ ।
बाउली खोलामा रहेको काठेपुल बाढीले बगाएपछि सुवेडा, सिमखेत, नौरा, देवल र बझाङ क्षेत्र नम्बर २ का विभिन्न क्षेत्रबाट सदरमुकाम आउने बासिन्दालाई निकै गाह्रो भएको चैनपुर नगरपालिका– ११ का खगेन्द्र खड्काले बताए ।

फाइल तस्बिर

सुवेडाका मनु ऐडीले काठेपुल बगेपछि सबैभन्दा बढी स्कूले विद्यार्थीलाई सास्ती भएको बताए । उनले काठेपुल बगेका कारण ३० मिनेटमा पुगिने सदरमुकाममा रहेको सेती साइपाल स्कूल पुग्न अहिले डेढ घन्टा लाग्ने गरेको बताए ।
गत वर्षको बाढीले बाउली खोलाको झोलुंगे पुल बगेपछि काठेपुल बनाइएको र अहिले पुनः बगेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार