२३ बैशाख २०८१, आईतवार

तेस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता भदौ २१ गते



काठमाडौं । प्रदेश नम्बर २ मा हुने स्थानीय तहको तेस्रो चरणको चुनावका लागि भदौ २१ गते उम्मेदवारी दर्ता हुने भएको छ ।
असोज २ गते हुने चुनावकाे निर्वाचन आयोगले बिहीबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । अायाेगका अनुसार भदौ २१ गते विहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय छ । त्यही दिन साँझ साढे ५ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने २२ गते उजुरी र त्यसमाथि छानविन हुनेछ ।
२३ गते उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने २४ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित हुनेछ । त्यही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।
प्रदेश नम्बर २ का ८ जिल्लाका १२७ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि असोज २ गते मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार