२३ बैशाख २०८१, आईतवार

मतदाता नामावली संकलन उत्साहजनक



धनगढी । कैलालीमा फोटोसहितको मतदाता नामावली दर्ता गराउनेको उत्साहजन सहभागिता रहेको छ ।
यही साउन १ गतेदेखि निर्वाचन आयोगले देशभरी फोटोसहितको नामावली दर्ता सुरु गरेपछि जिल्लामा उत्साहजनक रूपमा नामावली दर्ता कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकृत मोहन अर्यालले जिल्लामा ३० हजार बढी अझै पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेको बताए ।
निर्वाचन कार्यालयमा युवादेखि बृद्धबृद्धाहरू समेत आएर नामावलीमा नामदर्ता गराइरहेको निर्वाचन अधिकृत अर्यालले बताए ।
साउन १ गतेदेखि सुरु भएको फोटोसहितको नामावली दर्तामा कैलाललीमा मंगलबार सम्म १४ सय ४७ जनाले नाम दर्ता गराई सकेको उनले बताए । स्थानीय तहको निर्वाचनपछि आयोगले प्रदेश र संघको निर्वाचन तयारी थालेको छ । त्यसका लागि मतदाता नामावली अध्यावधिक गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार