१० श्रावण २०८१, बिहीबार

एक हजार बढीले राहदानी बनाए



डोटी । आर्थिक वर्ष २०७३/०७४ मा डोटीबाट वैदेशिक रोजगारका लागि एक हजार दुई सय १९ जनाले राहदानी बनाएका छन् । यो आर्थिक वर्ष २०७२/०७३ को भन्दा ४६ कम हो ।
आर्थिक वर्ष २०७२/०७३ मा एक हजार २ सय ६५ जनाले राहदानी लिएका थिए ।
डोटीका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले वैदेशिक रोजगारीका लागि राहदानी बनाउन आउनेको संख्यामा कमी आउनु सकारात्मक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार