२३ बैशाख २०८१, आईतवार

एमाले सत्ता समिकरणमा नभई निर्वाचनमा केन्द्रित छः सचिव ज्ञवाली



बैतडी । नेकपा (एमाले) सत्ता समिकरणमा नभई निर्वाचनमा केन्द्रीत रहेको एमालेका सचिव प्रदीप ज्ञवालीले बताएका छन् ।
प्रेस चौतारी नेपालले बैतडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले दुईचार मन्त्रालयको लोभमा सत्ता समिकरण नभई देश र जनताको चाहानाअनुसार निर्वाचनका गतिविधिमा एमालेको ध्यान रहेको उनले बताए ।
उनले भने, ‘अन्य दलहरु सत्ता गठवन्धनमा व्यस्त भए पनि एमाले जनताको भावनाअनुसार निर्वाचनलाई सम्पन्न गर्नेतर्फ लागिरहेको स्पष्ट पार्दछु ।’
उनले निर्वाचन महत्वपूर्ण भएकाले संविधान संसोधनमा गर्ने काममा नलागी जनताकाे चाहानाकाे सम्मान गर्नुपर्ने बताए ।
कार्यकर्ता भेटघाटका लागि बैतडी पुगेका एमाले सचिव ज्ञवालीले कांग्रेस र माओवादी गठवन्द अझै पनि चुनाव देखेर डराईरहेको आरोप लगाए ।
दुई चरणको निर्वाचनमा जसरी एमाले पहिलो शक्ति बन्यो त्यसरीनै तेश्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो शक्ति हुने सचिव ज्ञवालीको भनाई छ ।
बुधबार डडेल्धुरा र बैतडीमा कार्यकर्ता भेटघाट गरेका ज्ञवालीले बिहीबार दार्चुलामा पनि कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार