१० श्रावण २०८१, बिहीबार

पहिरोले पावर हाउस बगायो



डोटी । अविरल वर्षाका कारण आएको पहिरोले डोटीको बड्डीकेदार गाउँपालिका–४, मान्नाकापडीमा रहेको सेरेगाड लघु जलविद्युत परियोजनाको पावर हाउस बगाएको छ ।
पहिरोले विद्युत उत्पादन गर्ने मेसिन, पावर हाउस तथा झण्डै एक सय मिटर कुलो समेत बगाएको जनाइएको छ ।
स्थानीयका अनुसार पहिरोका कारण ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार