८ जेष्ठ २०८१, मंगलवार

मतदाता नामावली संकलन र अद्यावधिक शुरु



धनगढी । निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरु गरेको छ । माघ ७ गतेभित्र हुने प्रदेश सभा र संघीय चुनावका लागि आयोगले मतदाता नामावली संकलन तथा अध्यावधिक गर्ने कार्य अघि बढाएको जनाएको छ ।
आयोगले साउन १ गतेदेखि १५ गतेसम्मका लागि मतदाता नामावली दर्ताको समय तोकेको छ । प्रदेश नम्बर ७ अन्तर्गत पर्ने कैलाली जिल्लाका छ गाउँपालिका तथा छ नगरपालिका र एक उपमहानगरपालिकामा नयाँ मतदाता नामावली संकलन गरिने भएको छ ।
यसअघि सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि आयोगले यसपटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लिई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार