१० श्रावण २०८१, बिहीबार

बैतडीमा पौने दुई सय नयाँ उद्योग



बैतडी । बैतडीमा आर्थिक बर्ष २०७३/०७४ मा घरेलु तथा साना उद्योग विकास समितिमा एक सय ६० नयाँ उद्योग दर्ता भएका छन् ।
यस्तै ३ सय ४ व्यापारीक फर्म दर्ता भएका छन् । यस्तै ४ सय ७० उद्योग तथा व्यापारिक फर्म नविकरण गरिएको कार्यालयका निमित्त प्रमुख मानसिंह ओलीले बताए ।
कार्यालयले आव ०७३/०७४ मा २५ लाख ७३ हजार राजश्व संकलन गरेको छ । यो भन्दा अघिल्लो आर्थिक वर्षमा १७ लाख मात्रै राजश्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार