१० श्रावण २०८१, बिहीबार

जयपृथ्वी मार्ग अवरुद्ध



बझाङ । बझाङको जयपृथ्वी मार्ग अवरुद्ध भएको छ । आइतबारदेखि लगातार भएको वर्षाका कारण तमैल बजार नजिकै जाल्या बगरमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडक अवरुद्ध भएपछि बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर तथा डडेल्धुराका लागि छुटेका गाडी तमैल बजारमा रोकिएका छन् ।
त्यस्तै, सदरमुकाम चैनपुर भित्रने गाडी भाँडे बजारमा रोकिएको प्रहरीले जनाएको छ । चैनपुर मयाना शाखा सडक, छविस मेल्लेख शाखा सडक, सुर्मा दौलीचौर शाखा सडक लगायत दर्जनौ शाखा सडक पनि अवरुद्ध भएका छन् । लगातार पानी परेका कारण पहिरो हटाउन समस्या भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार