१० श्रावण २०८१, बिहीबार

माओवादी केन्द्रद्वारा मतदाताप्रति आभार व्यक्त



धनगढी । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन सफल पारेकोमा धनगढी उपमहानरपालिकाका सम्पूर्ण मतदातालाई धन्यवाद दिएको छ ।
मंगलबार धनगढी उपमहानगरपालिकाको स्थानीय तह निर्वाचनको समीक्षा कार्यक्रममा माओवादी केन्द्रले निर्वाचनलाई सफल पार्न मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकाय, मतदाता सबैको अहम् भूमिकाका लागि आभार व्यक्त गरेको छ ।
सो अवसरमा माओवादी केन्द्रका तर्फबाट उपमहानगरपालिकाका मेयरका उम्मेदवार रामसमझ रानाले आफनो पार्टीले चुनावताका जनता सामु गरेका प्रतिवद्धताहरू पुरा गराउने बताए । ‘हामीले पाँच वडा जितेका छौ’ उनले भने, ‘हामी हाम्रा प्रतिवद्धता पुरा गर्न दृढ छौं ।’
कार्यक्रममा उपमेयरकी उम्मेदवार शान्ति अधिकारी क्षेत्री, नगर ईञ्चार्ज रमेश धामी लगायतले वडालाई व्यवस्थीत गर्नेबारे छलफल गरि काम अघि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार