१० श्रावण २०८१, बिहीबार

प्रदेश नम्बर ७ मा एमाले बन्यो पहिलो पार्टी



काठमाडौँ। प्रदेश नम्बर ७ मा नेकपा एमाले पहिलो पार्टी बनेको छ । कञ्चनपुरको पुनर्बास नगरपालिका जितेसँगै नेकपा एमाले पहिलो पार्टी बनेको हो ।
प्रदेश नम्बर ७ मा पहिलो पार्टीमा एमाले र काँग्रेसको बीचमा टक्कर थियो । यसअघि ३८-३८ वटा स्थानीय तहमा जितेर बराबरी अबस्थामा रहेकोमा पुनर्बास नगरपालिका निर्णायक बनेको हो । पुनर्बासमा मेयर र उपमेयर दुबै एमालेले जितेको छ ।
प्रदेश नम्बर ७ मा एमालेले ३९, काँग्रेसले ३८, माओवादी १० र फोरम १ स्थानीय तहमा विजयी भएका छन् । सुदूरपश्चिममा काँग्रेस सभापति शेरबहादुर देउवाको विशेष पकड रहेको भनिएपनि उनले आफ्नो वर्चश्व कायम गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार